
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षअघिको राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपका बारेमा जारी अनुसन्धानका क्रममा आफूले जवाफ दिने क्रम सकिएको बताएका छन् ।
चुनावी हस्तक्षेपका बारेमा विशेष काउन्सिलर रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्ससँग पनि सोधपुछ भएको थियो ।
सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले ट्रम्पलाई सहयोग हुने गरी हस्तक्षेप गरेको आरोप लागेको छ ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग आफूले व्यक्तिगत रुपमा नै प्रश्नहरुको उत्तर दिएको र त्यो निकै सहज रहेको बताए ।
आफ्ना उत्तरहरु मुलरको टिम समक्ष प्रस्तुत गर्न बाँकी रहेको उनले बताए ।
चुनावी हस्तक्षेप तथा ट्रम्पको चुनावी प्रचार अभियान र रुसीबीचको आरोपित साँठगाँठबारे मुलरको टिमले अनुसन्धान गरिरहेको हो ।
ट्रम्पले रुससँग आफ्नो कुनै साँठगाँठ नरहेको दाबी गर्दै आएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्