
लुम्बिनी, वैशाख १६ । गत शनिबार शुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन १० बूँदे लुम्बिनी घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गर्दै सम्मेलन समापन गरिएको हो । २३ देशका बौद्ध विद्वान तथा धर्मगुरु, वरिष्ठ भिक्षु लगायत सहभागी सम्मेलनले लुम्बिनी भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहान भएको स्वीकार्दै त्यसको प्रवर्द्धन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
मानवताका सबैभन्दा ठूलो गुरुको जन्मस्थलको महानतालाई बोध गर्दै अन्तर्राष्ट्रिय भाइचारा, दया, करुणा र मानव जातिको केन्द्रको रुपमा विकासित गर्दै लैजाने प्रतिवद्धता जनाइएको छ ।
सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थलमात्र नभएर बुद्ध धर्मको उद्गम थलो समेत भएको बताए । उनले विश्वमा अँध्यारो हटाउनका लागि बुद्ध दर्शनले महत्वपूर्ण टेवा पुर्याएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्