२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सातौं नेपाल हर्ब्स आयुर्वेदा एक्स्पोको तयारी


0
Shares

काठमाडौं, वैशाख १६ । काठमाडौंमा वैशाख २१ गते बाट सातौं नेपाल हर्ब्स आयुर्वेदा एक्स्पो आयोजना हुँदैछ ।

आयोजक नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघले सातौं नेपाल हर्ब्स आयुर्वेदा एक्स्पो, २०१८को तयारी पूरा भएको जनाएको हो । संघले यसअघि नेपाल उद्योग वाणिज्य महासंघसँग सहआयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रदर्शनी गर्दै आएकोमा यस बर्षदेखि आफैंले मेला आयोजना गर्न लागेको हो ।

राजधानीको भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । यस मेलाले नेपालमा उत्पादित औषधिजन्य जडिबुटीबाट निर्मित वस्तुहरुको पहिचान र व्यापार बृद्धिका लागि ठूलो मद्दत पुग्दै आएको संघको दाबी छ ।

मेलामा देशभर फैलिएर ब्यवसाय गरिरहेका १०० भन्दा बढी व्यवसायीले आफ्नो स्टल राख्ने जनाइएको छ ।