१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


घोडाको बिमा गर्ने व्यवस्था गरिदिन सरकारसँग माग


0
Shares

दाङ, वैशाख १७ । दाङका घोडा व्यवसायीले घोडाको बिमा गर्ने व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

जिल्लाका झन्डै एक हजार घोडापालक किसानले घोडाको बिमा नहुँदा व्यवसायमै समस्या परेको भन्दै बिमाको व्यवस्था गरिदिन माग गरेका हुन् ।

उनीहरुले घोडाको महत्वलाई बचाईराख्न आफूहरु पुर्ख्यौली पेशामा लागेको भन्दै राज्यले बेवास्ता गर्न नहुने बताए ।

बजार क्षेत्रमा घोडा राख्ने ठाउँ नहुँदा पनि आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।