
फिदिम, वैशाख १७ । पाँचथरको फिदिम नगरपालिका–१ दुमामा नमूना बाल विकास केन्द्र सञ्चालनमा ल्याइएको छ ।
फिदिम बजारबाट ३ किलोमिटर टाढा रहेको दुमामा बालविकास केन्द्र सञ्चालनमा आएपछि स्थानीय अभिभावकलाई सहज भएको छ । फिदिम बजारमा बालवालिका पठाउन समस्या भइरहेका बेला गाउँमै बाल विकास केन्द्र सञ्चालनमा आएपछि सहज भएको स्थानीयले बताएका छन् ।
फिदिम नगरपालिकाको २ लाख ५० हजार, स्थानीय समुदायको जनश्रमदान तथा समाजसेवी राधाकृष्ण न्यौपानेले निर्माण सामग्री सहयोग गरेपछि बालविकास केन्द्र सञ्चालनमा आएको हो ।
१६ जना विद्यार्थी राखेर शिक्षण शुरु गरिएको बालविकासकी शिक्षिका धनमाया नेम्वाङले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्