२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अफगानिस्तानमा आत्मघाती विष्फोटमा परी पत्रकारसहित २५ जना मारिए


0
Shares

काठमाडौं, बैशाख १७ । अफगानिस्तानको राजधानी काबुलमा गराइएको दुई शक्तिशाली आत्मघाती विष्फोटमा पत्रकारहरुसहित कम्तिमा २५ जना मारिएका छन् ।

शाश्डाराक जिल्लामा भएको घटनामा मारिनेमा समाचार एजेन्सी एएफपीका चिफ फोटोग्राफर शाह माराई पनि छन् ।

मोटरसाइकलमा आएको आक्रमणकारीले पहिलो विष्फोट गराएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

घटनालगत्तै जम्मा भएका मानिस र पत्रकारहरुमाझ १५ मिनेटपछि आक्रमणकारीले आफैलाई विष्फोट गराएको थियो ।

घटनामा परि ठूलो संख्यामा मानिस घाईते भएका छन् । एएफपीले ट्वीट मार्फत दोस्रो विष्फोट पत्रकारहरुलाई लक्षित गरेर गराइएको उल्लेख गरेको छ ।

इस्लामिक अतिवादी समुह आईएसले घटनाको जिम्मेवारी लिएको छ । (एजेन्सी)