
बुटवल, बैशाख १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गरेकी छिन् ।
बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गरेकी हुन ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत सहभागी रहेका थिए ।
दुई वर्षअघिको बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा तत्काल पाँच हजार अट्ने सभा हल निर्माणका लागि निर्देशन दिएका थिए ।
कोषले पालमुनि आयोजना गरेको बुद्धजयन्ती विशेष समारोह हावाहुरी र वर्षातका कारण निर्धारित समयभन्दा पाँच घण्टा ढिला शुरु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्ने घोषणा गरेका हुन ।
दुई वर्षभित्र सक्ने योजना रहेको यो सभागृहको निर्माण परामर्शदाता कम्पनीका इन्जिनियरहरुकै रोहवरमा हुने कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले बताए । रासस
प्रतिक्रिया दिनुहोस्