१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


लुम्बिनीलाई विश्वकै पवित्र पर्यटकीय गन्तब्यका रुपमा विकास गर्छौंः प्रधानमन्त्री


0
Shares

दीपक घिमिरे/ईमेज:

लुम्बिनी, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवम् पवित्र पर्यटकीय गन्तब्यको रुपमा बिकास गरिने बताएका छन् ।

उनले लुम्बिनीलाई विश्वकै धार्मिक पर्यटकहरुका लागि हेर्दा, सुन्दा र भन्दा एवम् अनुभूति गर्दा समेत पवित्र स्थानको आभाष दिने गरी विकास गरिने बताएका हुन ।

२५६२औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७५ लाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले लुम्बिनीलाई शास्त्रहरुमा बर्णन गरिए भन्दा पनि बढी सुगन्धित, पवित्र बगैचाको रुपमा बिकास गर्ने गरी सरकार लागिपरेको बताए ।

प्रधानमन्त्रीले बुद्ध जन्मस्थल बारे विभिन्न माध्यममा भ्रम फैलाउने प्रयास भएपनि भ्रममा नपर्न विश्व समुदायलाई आग्रह गरे ।

लुम्बिनीको दिगो पर्यटकीय विकासका निम्ति रामग्राम-लुम्बिनी-तिलौराकोट जोड्न मोनोरेल संचालनको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानिय जनतासंग जोड्न नसकिएकोमा दुख ब्यक्त गरे ।

अबका दिनमा स्थानियलाई लुम्बिनीको बिकासमा कसरी जोड्न सकिन्छ भन्ने रणनीति बनाएर अगाडी बढनु पर्नेमा उनले जोड दिए ।