२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको सरुवा


0
Shares

काठमाडौं, बैशाख १७ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ ।

साढे ३३ किलो सुन काण्डमा प्रहरी उपरीक्षक विकासराज खनाल पक्राउ परेपछि उनको ठाउँ मकवानपुरमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

यस्तै राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धानबाट सुनसरी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरोका जीवन श्रेष्ठलाई सिरहा पठाइएको छ भने कञ्चनपुरका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरिक्षकको सचिवालयमा ल्याइएको छ ।

त्यस्तै महानगरिय ट्राफिक प्रहरी कार्यालयबाट डम्बर विकलाई जिल्ला प्रहरी कार्यलय धादिङ्ग सरुवा गरिएको छ भने सिरहामा कार्यरत शेखर कोइरालालाई ट्राफिक निर्देशानालय ल्याइएको छ ।

धादिङ्ग जिल्ला प्रहरी कार्यलयबाट ध्रुव राउतलाई अनुसन्धान विभागमा काज सरुवा गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।