
रसुवा, बैशाख १७ । रसुवा भन्सारको बैसाखको राजश्व लक्ष्य दुई सातामै पूरा भएको छ ।
रसुवा भन्सार कार्यालयले बैशाख महिनाको लक्ष्य दुई सातामै पुरा गरेको जनाएको हो । वैशाख महिनाका लागि ३२ करोड ६७ लाख रुपैयाँको लक्ष्य राखेको भन्सार
कार्यालयले दुई सातामै ३६ करोड रुपैयाँ बराबर संकलन गरेको जनाइएको हो । भन्सार मूल्यांकनमा भएको कडाईका कारण उल्लेख्य राजस्व संकलन भएको बताइएको छ ।
वीरगञ्ज भन्सारबाट निकासी हुने टेलिकमका सामानहरु रसुवाबाट आउँदा पनि आधा समयमै लक्ष्य भन्दा बढी राजश्व संकलन हुन पुगेको कार्यालय प्रमुख गोपाल कोइरालाले उल्लेख गरे ।
चीन तर्फको सिमा नाका बन्द हुँदा फागुन र चैतमा धेरै सामान अड्केका अहिले ती सामान आउँदा पनि राजश्व बढ्न पुगेको पनि बताइन्छ ।
चालु आर्थिक वर्षमा रसुवा भन्सारलाई ३ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ ।
बैशाख मसान्तसम्मको लक्ष्य भने २ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २ अर्ब ६५ करोड रुपैयाँ मात्र संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्