२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वाट्फोर्डमाथि टोटनह्याम हट्सपरको जित, शीर्ष चारभित्रको पकड बलियो


0
Shares

काठमाडौं, वैशाख १८ । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अली र ह्यारी केनले एक–एक गोल गरे ।

गएरातिको खेलपछि टोटनह्याम हट्सपरले लिगमा शीर्ष चारभित्रको पकडलाई झनै बलियो पारेको छ । चौथो स्थानको टोटनह्यामले ३५ खेलबाट ७१ अंक पुर्‍याएको छ । एक खेल बढी खेलेको लिभरपूल ७२ अंकसहित तेस्रो स्थानमा छ । पाँचौ स्थानको चेल्सीको भने ६६ अंकमात्रै छ ।

लिग तालिकामा च्याम्पियन म्यान्चेस्टर सिटीले ३५ खेलबाट ९३ अंक जोड्दा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ७७ अंक छ । लिगमा ३ खेलमात्रै बाँकी रहँदा चेल्सी र आर्सनल शीर्ष चार बाहिर छन् ।

इंग्लिश प्रिमियर लिगमा शीर्ष चारभित्र पर्ने टोलीले अर्को सिजनको युएफा च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान छ ।