२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दुई कोरियाबीच भएको सहमति कायान्वयन सुरु, सीमाको कार्यालय हटाइयो


0
Shares

काठमाडौं, बैशाख १८ । दुई कोरियाका उच्च नेतृत्वबीच भएको सहमतिको मगलबारदेखि कार्यान्वयन सुरु भएको छ ।

दक्षिण कोरियाले सीमामा रहेको उत्तर कोरिया विरुद्धको प्रचार प्रसार कार्यालय आज(मगलबार) हटाएर सम्झौता कार्यान्वयनलाई अघि बढाएको हो ।

यसअघि दक्षिण कोरियाले प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी उत्तर कोरियालाई गराएको थियो ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले लामो समयदेखि यस्तो प्रचार कार्यालय राखेर उत्तर बिरुद्धमा प्रचार गर्दै आएको थियो जसका कारण पनि उत्तर कोरिया रुष्ट बनेको थियो ।

गत शुक्रबार दुई कोरियाबीच शान्ति सम्झौता भएपछि सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने प्रतिबद्धता जनाएका थिए ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको र शान्तिग्रामका रुपमा चिनिएको पानमुनजोममा भएको सो शान्ति सम्झौताको पालना गर्ने पहिलो पहलस्वरूप सो संयन्त्र हटाउने निर्णय गरिएको जनाइएको छ । (एजेन्सी)