रोयल च्यालेन्जर्स बैङ्गलोर र मुम्बई इन्डियन्स बीच रोमान्चक खेल हुँदै • Image Khabar Image Khabar


रोयल च्यालेन्जर्स बैङ्गलोर र मुम्बई इन्डियन्स बीच रोमान्चक खेल हुँदै


Imagekhabar
१८ बैशाख २०७५, मंगलवार १९:१८

रोयल च्यालेन्जर्स बैङ्गलोर र मुम्बई इन्डियन्स बीच रोमान्चक खेल हुँदै

काठमाडौं, बैशाख १८ । भारतमा जारी आइपिएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बैङ्गलोर र मुम्बई इन्डियन्स खेल्दै छन् ।

समान ७ खेलबाट समान ४ अंकमा रहेका बैङ्गलोर र मुम्बईका लागि प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राख्न बैङ्गलोरमा हुने खेल निकै महत्वपूर्ण रहेको छ ।

आठ टोली सहभागी आइपिएलमा ८ खेलबाट समान १२ अंकसहित चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

त्यसैगरी ७ खेलबाट १० अंकको किङ्स इलाभेन पञ्जाब तेस्रो तथा ८ खेलबाट ८ अंकको कोलकाता नाइट राइडर्स चौथो स्थानमा छ ।

७ खेलबाट ६ अंकको राजस्थान रोयल्स पाँचौं स्थानमा रहँदा ८ खेलबाट ४ अंकको दिल्ली डेयर डेभिल्स पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्