
काठमाडौं, वैशाख १९ । सिन्धुपाल्चोकको ईन्द्रवती गाँउपालिकामा गएराति मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सो गाउँपालिकाको वडा नम्बर १०, सिस्ने खोलामा गएराति साढे ९ बजे बा४ख ६२३५ नम्बरको मिनीट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सिन्धुपाल्चोक बाह्रबिसेका २५ वर्षीय विकाश तामाङको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाइते भएका छन् ।
मिनीट्रकमा सवार सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका–१० का २५ वर्षीय सुमन तमाङ ,२८ वर्षीया प्रमिला तामाङ र २० वर्षीया मनिता तामाङ घाइते भएका छन् ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्