
फाइल तस्विर
परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ दीपक अधिकारीसहितको १२ जनाको टोलीले मुक्तिनाथ पुगेर अवलोकन गरेको हो ।
सो अवसरमा मुस्ताङका प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र सुरक्षा प्रबन्धबारे जानकारी गराएका थिए ।
मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाको विषयमा पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी गराएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथमा दर्शनकाक्रममा करिब २५ मिनेट समय व्यतित गर्ने तय गरिएको जनाइएको छ ।
यस्तै, सो टोलीमा आएका डा. जयकुमार ठाकुर र भूपेन्द्र बस्नेतले मोदी भ्रमणका बेला अक्सिजन तथा स्वास्थ्य सेवाको अवस्थालाई चुस्त राख्न आग्रह गरेका छन् ।
टोली भारतीय वायुसेवा निगम र नेपाली सेनाको दुईओटा हेलिकोप्टरमार्फत् मुक्तिनाथ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्