Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


प्रदेश–१ को नाम र स्थायी राजधानी तोक्न ढिलाइ भएकोप्रति प्रधानमन्त्री असन्तुष्ट


0
Shares

बुधबार दमकमा दोस्रो साना सहरी खानेपानी आयोजनाको उद्घाटनकाक्रममा प्रधानमन्त्री ओलीले विभिन्न सहरमा प्रदेश राजधानी माग गर्दै आन्दोलन भएकोतर्फ संकेत गर्दै दमकलाई भने त्यसतर्फ नलाग्न आग्रह गरेका हुन् ।

दमक कुनैपनि प्रदेशको राजधानीभन्दा कम नहुने भन्दै उनले पूर्वाधार, सडक, शिक्षा, रोजगारी, व्यवसाय, सुविधाजस्ता हरेक दृष्टिकोणबाट दमकलाई राजधानीसरह बनाउने दाबी गरे ।

उनले प्रदेश नम्बर–१ को नाम र स्थायी राजधानी तोक्न ढिलाइ भएकोप्रति भने असन्तुष्टि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बुधबारै दमकको मुख्य बजार क्षेत्रमा निर्मित नमुना बजारको उद्घाटनसमेत गरे ।