२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


युवतीमाथि बलात्कारको प्रयास अभियोगमा कानुन व्यवसायी समातिए


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार १०+२ पढ्दै गरेका दुई युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई बुधबार म्याद थप गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताए ।

पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।

भट्टराई जिल्ला अदालत बार एसोसिएसन चितवनका साधारण सदस्य हुन् । रासस