
विभिन्न ११ बुँदे माग राख्दै अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनले बुधबार प्याब्सन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
निजी विद्यालयहरुले अभिभावकहरुको ढाड सेक्नेगरी मनोमानीरुपमा चर्काे शुल्क लिएको भन्दै शुल्क वृद्धि फिर्तालगायतको माग गर्दै ती विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
तालाबन्दीपछि पत्रकार सम्मेलन गर्दै विद्यार्थी संगठनले आफ्ना माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने जनाएका छन् ।
ती संगठनसम्बद्ध विद्यार्थीहरुले आफ्ना मागको बेवास्ता गरिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरी अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्