न्याय नपाएको द्वन्द्वपीडितको गुनासो • Image Khabar Image Khabar


न्याय नपाएको द्वन्द्वपीडितको गुनासो


Imagekhabar
१९ बैशाख २०७५, बुधबार १८:३२

न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

नेपाल मानवअधिकार संगठनले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले द्वन्द्वकालका घटनालाई हल्कारुपमा लिइएको र बहस चलाउनेभन्दा अरु केही नभएको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रममा द्वन्द्वकालमा माओवादीले हत्या गरेका मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले ‘द्वन्द्वपीडितलाई न्याय दिन स्थापना भएका आयोगका पदाधिकारीले के काम गरेका छन् ?’ भन्ने प्रश्न गरे ।

नेपाली सेनाबाट हत्या गरिएकी मैना सुनारकी आमा देवी सुनारले अब सरकारले न्याय दिन्छ भन्नेमा आशा नै मरिसकेको बताइन् । मैनाको शव अझैपनि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको छ ।

कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी सदस्य माधवी भट्टले ‘आयोग केही काम नगरी सुतिरहेको छैन’–भनिन् ।

यस्तै, कार्यक्रममा एमनेष्टी इन्टरनेसन नेपालका अध्यक्ष राजन कुईकेलले द्वन्द्वकालमा नेकपा एमाले कम मुछिएका कारणले पनि पीडितलाई न्याय दिन अहिलेको सरकारलाई सजिलो हुने बताए ।

कार्यक्रमका अरु सहभागीहरुले न्यायालयलाई पीडितकेन्द्रित बनाउनुपर्ने र कानुनभन्दामाथि कोही छैन भन्ने कुरा स्थापित गराउनुपर्ने धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्