बढ्दो सुरक्षा चुनौतीप्रति चिन्ता • Image Khabar Image Khabar


बढ्दो सुरक्षा चुनौतीप्रति चिन्ता


Imagekhabar
१९ बैशाख २०७५, बुधबार २०:२०

बढ्दो सुरक्षा चुनौतीप्रति चिन्ता

बुधबार मध्यपुरथिमि नगरपालिकाद्वारा सन्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा पुगेर मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले बढ्दो सुरक्षा चुनौतीप्रति चिन्ता व्यक्त गरेका हुन् ।

गत वैशाख ८ गते शनिबार श्रेष्ठमाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारी अहिलेसम्म पक्राउ नपरेकामासमेत उनले चासो व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले भने–‘आक्रमण भएको ११ दिन बितिसक्दा पनि किन आक्रमणकारी पक्राउ परेनन् । म बुझ्ने छु र तत्काल आक्रमणकारीलाई पक्राउ गर्न निर्देशन दिनेछु ।’

श्रेष्ठमाथि आक्रमण भएको सीसी क्यामेरामा कैद भएको दृश्य हेर्दै उनले जनप्रतिनिधिमाथि सुरक्षा चुनौती थपिँदै गएकाले चुस्त सुरक्षा व्यवस्था गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्