२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरमा यस्तो छ तयारी (भिडियो)


0
Shares

नविन सिंह/ईमेज:
जनकपुर, बैशाख २० । जनकपुरबाट सुरु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी तिव्र गतिमा अघि बढेको छ ।

यही वैशाख २८ गते जनकपुर आउने मोदीको स्वागतका लागि जनकपुरमा तयारी तीव्र पारिएको छ । भ्रमणलाई केन्द्रित गर्दै संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरी तयारीका काम अगाडि बढाएका हुन् ।

नरेन्द्र मोदीको प्रस्तावित जनकपुर भ्रमणलाई केन्द्रित गरी स्थलगत् तयारीहरु सुरु गरिएको छ ।

वैशाख २८ गतेको लागि प्रस्तावित भ्रमणलाई भब्य र सभ्य बनाउन प्रदेश सरकार र स्थानिय सरकारले समन्वय गरी जिम्मेवारी बाँडफाँड गरेका छन् ।

जस बमोजिम मुख्यमन्त्री लालबाबु राउतको संयोजनमा स्वागत समारोह मूल समिति गठन गरिएको छ ।

भ्रमणको लागि आवाश्यक तयारी तीब्र पारिरहेको प्रदेश नम्बर २ का अन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई सफल पार्न स्थलगत तथा सुरक्षा व्यवस्थाबारे गृहमन्त्री रामबहादुर थापा, भारतीय राजदूत मंजीव पुरी, पूर्व अतिरीक्त प्रहरी नायव महानिरीक्षक विजयलाल कायस्थ सहितको टोलीले निरिक्षण गरिसकेका छन् ।

रंगभूमी मैदानमा प्रदेश सरकारले आयोजना गर्ने नागरिक अभिनन्दन समारोहमा एक लाख बढी सर्वसधारण उपस्थित रहने अपेक्षा गरिएको छ ।

मञ्च व्यवस्थापन र तयारीका लागि प्रदेश नंबर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारको ६ वटै मन्त्रीको संयोजनमा विभिन्न उप समितिहरु गठन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रंगभूमी मैदानमा उत्रेपछि स्थल मार्ग हुँदै जानकी मन्दिर पुग्नेछन ।

बाह्र विघा देखि जानकी मन्दिरसम्मको बाटोको स्तरोन्नती र विद्युतीय पोलहरु सार्ने काम छिट्टै सुरु गरिने तयारीमा जुटेको प्राविधिकहरु बताउँछन् ।

प्रमुख, शहरी आवास तथाभवन डिभिजन कार्यालय-जनकपुर जानकी मन्दिरमा मन्दिरकै व्यवस्थापनमा भारतीय प्रधानमन्त्रीले विशेष पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ ।

भारतीय प्रधानमन्त्रीको जानकी मन्दिर दर्शनका लागि विशेष सरसजावट, सरसफाईमा ध्यान दिइएको महन्थका सहयोगी छोटा महन्थराम रोशनदासले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा प्रयोग हुने स्थलमार्ग वरिपरिका भवन, मञ्चलाई केशरिया रंगले रंगरोगन गरिंदै छ ।

भिडियो