२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिकी सैनिक विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु


0
Shares

काठमाडौं, बैशाख २० । अमेरिकाको जर्जियामा सैनिकको कार्गो विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

अमेरिकी सैनिकको सी १३० विमान दुर्घटनामा मारिनेमा पाँच जना चालक दलका सदस्य र अरु चार जना यात्रु रहेको बताइएको छ ।

उडान भरेको केही समयमै विमान राजमार्गमा खसेको थियो ।

नेसनल गार्डहरुको प्रशिक्षणका क्रममा रहेको बिमान दुर्घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले बताएका छन् ।(एजेन्सी)