६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


स्थानीय सरकार सन्चालन ऐन संशोधनको तयारी


0
Shares

काठमाडौं, कात्तिक ३० । ‘स्थानीय सरकार सन्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानुनसँग बाझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ ।

स्थानीय तह सन्चालनका लागि ल्याइएको उक्त ऐन संघ र प्रदेशका केही ऐन र कानुनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग छलफल गरेको छ ।

‘सुरुमा हतार–हतारमा स्थानीय तह सन्चालनका लागि ऐन ल्याइयो’–उनले भने–‘अहिले संघ र प्रदेशका विभिन्न कानुन बन्दा उक्त ऐनसँग बाझिए । त्यसैले संशोधन गर्न थालेका हौं ।’

उनकाअनुसार वन, भूमिसुधार, शिक्षा तथा करसम्बन्धी संघ र प्रदेशमा बनेका कानुनसँग उक्त ऐनमा भएका केही प्रावधान बाझिएका छन् । रासस