१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारतमा धुलोसहितको हावाहुरीका कारण ७७ जनाको ज्यान गयो


0
Shares

सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो ।

त्यसमा परी १४३ जना घाइते भएका छन् । घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।

यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले केही व्यक्ति हराइरहेका पनि बताएका छन् ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर घाइते भएका छन् ।

ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पुर्‍याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् । रासस/एएफपी