विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मारिएका अफगान पत्रकारको सम्झना • Image Khabar Image Khabar


विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मारिएका अफगान पत्रकारको सम्झना


Imagekhabar
२० बैशाख २०७५, बिहीबार १५:१२

विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मारिएका अफगान पत्रकारको सम्झना

सन् २०११ मा तालिबानहरु शासनबाट हटेपछि सुरु भएको द्वन्द्वको यस समयमा पत्रकारमाथि सोमबार भएको आक्रमण भीषण आक्रमण हो ।

सोमबार तालिबानले गरेको आक्रमणमा परी ९ जना अफगान पत्रकारको ज्यान गएको थियो । त्यसमा एकजना एएफपी समाचार समितिका फोटो पत्रकार पनि परेका थिए ।

आक्रमणको दुई दिनपछि बिहीबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा ती पत्रकारहरुको सम्झना गरिएको बताइएको छ ।

अफगानिस्तानको पत्रकारिता पेसा अत्यन्त चुनौतीपूर्ण भएको दक्षिण एसियाका लागि एम्नेस्टी इन्टरनेसनलका उपनिर्देशक ओमार वारैचले बताएका छन् ।

सोमबार काबुलमा भएको एक हिंसात्मक हमलामा परी एएफपीका एक फोटो पत्रकारसहित १० जना पत्रकार मारिएका हुन् ।

उक्त हिंसामा परी ३० जनाभन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अफगानिस्तानमा जारी द्वन्द्वकाक्रममा पत्रकारमाथि भएको यो भीषण आक्रमण भएको बताइएको छ ।

अफगानिस्तान र विश्वका प्रेस स्वतन्त्रको पक्षमा काम गर्ने पत्रकारहरुका संघ–संस्थाहरुले यसप्रति चिन्ता व्यक्त गर्दै प्रेसलाई हिंसाको चपेटामा नपार्न आग्रह गरेका थिए ।

समाचार संकलनकैक्रममा यसरी पत्रकार मारिनु अत्यन्तै दुःखद् कुरा भएको विश्व प्रेस स्वतन्त्र दिवस मनाउन सहभागी भएका विश्वका पत्रकारहरुले बताएका छन् ।

सन् २०१७ मामात्र विश्वभरमा ५० जना पत्रकार मारिएका बिहीबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसका दिन सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।

तर, यो तथ्यांक १४ वर्षयताको कम संख्या भएको पनि सो प्रतिवेदनमा जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्