
डा. केसीले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सबै विद्यार्थीहरुले योग्यताअनुसार निःशुल्क वा उचित शुल्कमा चिकित्सा शिक्षा पढ्न पाउने गरी ऐन आउनुपर्ने बताए ।
उनले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर्याएका त्रिविका पदाधिकारीलगायत सबै पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही गर्न आग्रह गरे ।
उनले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा बढी शुल्क लिने निजी मेडिकल कलेजहरुलाई कारबाही गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्