१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा असहाय बालकहरुलाई स्कुल ब्याग वितरण


0
Shares

पश्चिम नेपालको पहिलो र एकमात्र ‘कपिलवस्तु बालगृह’का १८ जना अनाथ, असहाय बालकहरुलाई उक्त स्कुल ब्याग वितरण गरिएको हो ।

वि.सं. २०५८ सालमा स्थापित उक्त बालगृहमा रहेका बालकहरुलाई शैक्षिक सामग्री वितरणपछि उनीहरु खुसी भएका थिए ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बालगृहका बालकहरुलाई स्कुल ब्याग वितरण गरिएको जिल्ला शाखा अध्यक्ष डिलाराम भुसालले बताए ।

बालगृहका प्रमुख रामप्रसाद अर्यालले बालगृह सन्चालनमा समस्या आएको बताए ।

सरकारी तवरबाट बालगृह सन्चालनका लागि कुनै किसिमको सहयोग प्राप्त नभएको उनले दुखेसो पोखे । आश्रित बालकहरुलाई तत्काल स्कुल ड्रेसको आवश्यकता रहेको पनि उनले बताए ।