भारतमा भीषण हावाहुरी, ११३ जनाको मृत्यु • Image Khabar Image Khabar


भारतमा भीषण हावाहुरी, ११३ जनाको मृत्यु


Imagekhabar
२० बैशाख २०७५, बिहीबार २०:०१

भारतमा भीषण हावाहुरी, ११३ जनाको मृत्यु

उत्तर प्रदेशमा ७०, राजस्थानमा ३६, मध्यप्रदेशमा ५ र विहारमा दुईजनाको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

धुलोसहितको हावाहुरीमा परेर अरु सयौं घाइते भएका छन् । हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेको छ ।

हावाहुरीले बिजुलीका पोल र ठाउँ–ठाउँमा रुख ढल्दा बिजुली आपूर्ति नै बन्द हुनुका साथै यातायात सेवा ठप्प बनेको छ ।

गर्मी मौसमको समयमा भारतमा वर्सेनि धुलोसहितको हावाहुरीले लाखौं सर्वसाधारण प्रभावित हुने गरेका छन् ।

हावाहुरीका कारण राजस्थानमा अधिकांश विद्यालय र कलेज बन्द गरिएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही चार लाख तथा घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्