 
	    उत्तर प्रदेशमा ७०, राजस्थानमा ३६, मध्यप्रदेशमा ५ र विहारमा दुईजनाको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
धुलोसहितको हावाहुरीमा परेर अरु सयौं घाइते भएका छन् । हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेको छ ।
हावाहुरीले बिजुलीका पोल र ठाउँ–ठाउँमा रुख ढल्दा बिजुली आपूर्ति नै बन्द हुनुका साथै यातायात सेवा ठप्प बनेको छ ।
गर्मी मौसमको समयमा भारतमा वर्सेनि धुलोसहितको हावाहुरीले लाखौं सर्वसाधारण प्रभावित हुने गरेका छन् ।
हावाहुरीका कारण राजस्थानमा अधिकांश विद्यालय र कलेज बन्द गरिएका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही चार लाख तथा घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्