मोदी आउने दिन वैशाख २८ गते प्रदेश–२ मा सार्वजनिक बिदा • Image Khabar Image Khabar


मोदी आउने दिन वैशाख २८ गते प्रदेश–२ मा सार्वजनिक बिदा


Imagekhabar
२० बैशाख २०७५, बिहीबार २०:४१

मोदी आउने दिन वैशाख २८ गते प्रदेश–२ मा सार्वजनिक बिदा

प्रदेश नम्बर–२ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए ।

जनकपुरमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका ८ ओटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको छ ।

बैठकले दुईओटा थप विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ ।

नीति आयोग गठन तथा कार्यआदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्