२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्सेमा पौने ६ अंकको सुधार


0
Shares

यसदिन सेयरबजार परिसूचक नेप्से पौने ६ अंकले सुधारिएर १३ सय ६६ अंकमा पुग्यो ।

यसदिन टेलिकम सूचीकृत अन्य र होटल समूहबाहेक अरु कारोबार भएका सबै समूह सुधारिए ।

बिमा समूह सबैभन्दा उच्च ७५ अंकले बढ्यो । लघुवित्त समूह १६ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि साढे ३ अंकको सुधार आयो ।

यसदिन १६९ कम्पनीका १४ लाख ८० कित्ता सेयर ७७ करोड ६५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।