१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ललितपुरको नख्खिपोटमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


0
Shares

ललितपुर, वैशाख २१ । ललितपुरको नख्खिपोटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

राति सवा १ बजे बा९३प ९९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–९ का २३ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।