१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


इलामस्थित कालीओडार गुफा संरक्षणमा जुटे युवा (भिडियो)


0
Shares

इलाम, वैशाख २१ । इलामको माइजोगमाई गाउँपालिकाका युवा कालीओडार गुफाको संरक्षणमा जुटेका छन् ।

वडा नं. ४ नामसालिङमा रहेको अनौठो यो गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यका साथ स्थानीय युवा संरक्षणमा जुटेका हुन् ।

कालीओडार गुफा अनौठो प्रकृतिको छ । यो गुफामा परम्परागत रुपमा धार्मिक पूजा गरिँदै आएको छ ।

चारवटा लामो गुफा रहेको कालीओडारको लम्बाइबारे कसैलाई जानकारी छैन । तर बाँसघारीको बीचमा ढुंगेढाँडको रुपमा रहेको यो ओडार ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण रहेको स्थानीयबासी बताउँछन् ।

ऐतिहासिक र धार्मिक महत्वको कालीओढारको संरक्षणका लागि स्थानीय युवाले समिति नै बनाएका छन् । कालीओढारलाई कालीका देवीस्थानको रुपमा पूजा गरिएको छ ।

यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय ठाकुर सुब्बाको भनाइ छ ।

प्राकृतिक एवम् धार्मिक महत्वको गुफा व्यवस्थित गर्नसके पर्यटक आकर्षित गर्न सकिने देखिन्छ ।

भिडियो हेर्नुहोस्