२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धनगढी चटकपुरको सडकमा शंकास्पद वस्तु भेटियो, ‘विप्लव’ समूहप्रति शंका


0
Shares

कैलाली, बैशाख २२ । धनगढी स्थित चटकपुरको पुर्वार पेट्रोल पम्प नजिक शंकास्पद वस्तु फेला परेको छ ।

होटल हटपट अगाडीको सडकमा शंकास्पद वस्तु फेला परेको हो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले आज वन्द आव्हान गरेकोमा जनजीवन त्रसित पार्नका लागि यसो गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

सडकको पुर्वी तर्फ रहेको पोलमुनि स्टीलको डिव्वालाई प्याकिङ गरेर राखिएको छ भने त्यसको वरिपरी तारहरु छरिएका छन ।

सो आसापसको क्षेत्रलाई प्रहरीले घेरा हालेको छ । शंकास्पद वस्तु देखिएपछि वम डिष्पोजन टोलीलाई खवर गरिएको छ । अहिले केहीवेर वम डिष्पोजन टोली घटनास्थल पुग्दैछ ।