
मुस्ताङ, बैशाख २२ । हिमालपारीको जिल्ला मुस्ताङको खिङ्गामा बोधिसत्व धार्मिक स्तुपा निर्माण गरिने भएको छ ।
१ करोड ५० लाख रुपैयाँको लागतमा साढे ४ तले स्तुपा निर्माण गर्न लागिएको हो ।
स्तुपा निर्माण समितिका अध्यक्ष रमेश गुरुङ र मुख्य लामा आचार्य छेम्फेलले संयुक्त रुपमा स्तुपाको शिलान्यास गरेका छन् ।
स्तुपा निर्माणका लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी स्थानीयवासीबाट ३३ लाख रुपैयाँ संकलन भएको छ ।
अपुग रकम बुद्ध धर्ममा आस्था राख्ने देश विदेशमा रहेका मुस्ताङवासीलाई सहयोगको लागि अपील गर्ने समितिले जनाएको छ ।
प्राचीन किंवदन्ति अनुसार बुद्धिष्ट शाक्यमुनीले आफ्नो जीवनकालमा गरेका ८ महत्वपूर्ण कार्यहरु मानव जीवनमा रहिरहोस् भनेर ८ स्तुपा निर्माण गरेको पाइन्छ ।
जसमध्ये खिङ्गामा निर्माण हुन लागेको स्तुपा पनि त्यसमध्येको १ रहेको लामाहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्