२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल पत्रकार महासंघको प्रदेश समिति चयनका लागि मतदान हुँदै


0
Shares

काठमाडौं, बैशाख २२ । नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि आज मतदान भइरहेको छ ।

७ वटा भौगोलिक प्रदेश र काठमाडौं उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० वटा समितिमध्ये ५ वटामा मतदान सुरु भएको हो ।

प्रदेश नम्बर ४, ५, ६, प्रतिष्ठान र एसोसिएटतर्फका समितिका सबै पदमा निर्विरोध भइसकेको छ ।

काठमाडौं उपत्यकाको मतदान नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भइरहेको छ ।

अन्य जिल्ला शाखाको मतदान सम्बन्धित जिल्लाकै कार्यालयमा चलिरहेको छ ।

पत्रकार महासंघमा पहिलो पटक साधारण सदस्यको प्रत्यक्ष मतदानबाट प्रदेश समितिका पदाधिकारी चयन हुन लागेको भए पनि धेरै जसो पदमा मुख्य ३ दल निकटका पत्रकार भागबण्डा गरेर निर्विरोध चयन भएका छन् ।

नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिन्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् ।

केहीले भने भागबण्डा गर्नेलाई निर्विरोध हुन नदिने भन्दै उम्मेदवारी दर्ता गरेका कारण मतदान नै गर्नुपरेको हो ।