Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


थप सहयोग गर्ने एडीबी अध्यक्षको प्रतिबद्धता


0
Shares

फिलिपिन्सको मनिलामा जारी एसियाली विकास बैंकका गभर्नरहरुको बैठकमा भाग लिन मनिला पुगेका अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा अध्यक्ष नकाओकोले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनेक्रममा रहेकोमा खुसी व्यक्त गर्दै वितरण प्रणालीलाई आधुनिकी गर्दै क्षमता बढाउन अधिकतम् सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको एडीबीले जनाएको छ ।

भेटमा अर्थमन्त्री खतिवडाले सहरी पूर्वाधार र ग्रामीण क्षेत्रलाई जोड्ने संरचना तयार गर्न लगानी आवश्यक रहेको भन्दै सहयोगका लागि एडीबीलाई आग्रह गरेको जनाइएको छ ।