उत्तर कोरियाद्वारा अमेरिकाको आलोचना • Image Khabar Image Khabar


उत्तर कोरियाद्वारा अमेरिकाको आलोचना


Imagekhabar
२३ बैशाख २०७५, आईतवार १६:५७

उत्तर कोरियाद्वारा अमेरिकाको आलोचना

अमेरिकी कदमबाट शान्ति कायम गर्ने प्रयासमा चुनौती थपिएको उत्तरको भनाइ छ ।

दुई मुलुकबीच ऐतिहासिक शिखर वार्ताको तयारी भइरहेको बेला उत्तरको यस्तो भनाइ आएको हो ।

उत्तर कोरियाली विदेश मन्त्रालयले आणविक हतियार नत्यागेसम्म प्रतिबन्ध नहटाउने भन्दै अमेरिकाले उकासिरहेको उल्लेख गरेको छ ।

निःशस्त्रीकरणबाटमात्र प्रतिबन्धलगायतका अरु दबाब हट्ने भन्दै वासिङ्टनले जनआवाजलाई गलत ढंगबाट अगाडि बढाइरहेको उत्तर कोरियाली विदेश मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले अमेरिकाले कोरियाली प्रायद्वीपमा सैन्यशक्ति परिचालन गरेर शान्ति र मेलमिलापको पक्षमा बन्दै गएको राम्रो वातावरण बिगारिरहेकोसमेत जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले केही हप्ताभित्रै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

तर, उत्तर कोरियाको पछिल्लो भनाइबाट दुई मुलुकबीचको शिखर वार्ता सहज नदेखिएको विश्लेषण हुन थालेको छ ।

गत महिनामात्र उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने विषयमा ऐतिहासिक सहमति भएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्