Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


‘राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी’


0
Shares

दोलखा, बैशाख २४ । दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियशीलता २५ बर्षे युवाको भन्दा कम छैन् ।

१९९० साल र २०७२ सालको विनाशकारी भूकम्प भोगेका हरिबहादुर १९९० सालको सरकार भन्दा २०७२ सालको सरकार अनुत्तरदायी देखिएको अनुभव सुनाउँछन् ।

‘हुनत त्यतिबेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक छ,’ जेष्ठ नागरिक हरिबहादुरले भने, ‘तर अहिलेको गणतान्त्रिक सरकारले त्यति बेलाको राणा सरकारले जति पनि जिम्मेवारी बहन नगरेको हो कि जस्तो लाग्दैछ ।’

भूकम्पपछि राणा सरकारले त्यति बेलाको अवस्थामा जनतालाई राम्रै राहत दिएको उनको भनाई छ ।

९५ बर्षको उमेरमा एउटा गाई र थोरै खेतीपातीसमेत धानेर एक्लै बसेका हरिबहादुर भूकम्पपछि टहरामै रहेको भए पनि सरकारले आफूजस्ता जेष्ठ नागरिकलाई समेत खासै ध्यान नदिएको गुनासो गर्छन् । –नेपाल समाचारपत्र दैनिकबाट