Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौं सम्मेलन शुक्रबारदेखि काठमाडौंमा


0
Shares

काठमाडौं, कात्तिक २९ । विश्वव्यापीरुपमा सार्वजनिक शिक्षाको पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा छलफल गर्न शुक्रबार (भोलि)देखि काठमाडौंमा शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौं सम्मेलन हुने भएको छ ।

सार्वजनिक शिक्षामा विश्वभरका बालबालिकाको पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियान गुणस्तरीय तथा निःशुल्क समान शिक्षा कसरी दिने भन्नेमा केन्द्रित रहेको छ ।

सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शिक्षाका लागि विश्वव्यापी अभियानका अध्यक्ष क्यामिला क्रोसोले विश्वमा २६ करोड बालबालिका अझैपनि विद्यालयबाहिर रहेकाले उनीहरुलाई विद्यालयमा ल्याएर निःशुल्करुपमा शिक्षा दिने विषयमा छलफल गरिने जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा शिक्षाका लागि विश्वव्यापी अभियान नेपालका अध्यक्ष कुमार भट्टराईले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याइ समानरुपमा गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने भन्नेबारेमा छलफल गरी सरकारको ध्यानाकर्षण गराइने बताए ।

सम्मेलनमा १०० देशका करिब २५० जना सरोकारवालाहरुको सहभागिता रहने जनाइएको छ ।