
चितवन, बैशाख २४ । चितवनमा आइतबार साँझ चलेको तीव्र हावाहुरीका कारण ढलेका रुखले किचिएर दुई जनाको मृत्यु भएको छ ।
घटनामा दुई जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका–७ चिसोपानी भन्ने स्थानमा काठ कटानमा टेन्ट टाँगेर बसेका बेला चलेको ठूलो हावाहुरीका कारण रुख ढलेर किच्दा ४० वर्षीय कर्णबहादुर गुृरुङको घटनास्थलमै मृत्यु भएको हो ।
रुखले किचिएर शिव गुरुङ र शिव थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै हावाहुरीकै कारण भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।
घाँस दाउरा लिन गएकी स्थानीय ४१ वर्षीया सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै मृत्यु भएको हो । ठूलो हावाहुरीका कारण चितवनका विभिन्न स्थानमा ठूलो क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्