Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


लाङटाङ राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा


0
Shares

लाङटाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेन्जर रमेश बस्नेतकाअनुसार गोसाइँकुन्ड गाउँपालिका–६, धुन्चेनजिक ब्राबल भीर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घन्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

‘वन, वनस्पति र जैविक विविधता संरक्षणका लागि चेतनामूलक सन्देश प्रवाह गर्दै निकुञ्जका बासिन्दालाई कार्यालयले दिने सेवा–सुविधासमेत प्रदान गरिरहेको अवस्थामा वन–जंगलमा डढेलो लगाइ, वन्यजन्तु, वन, वनस्पतिमा नोक्सान पुर्‍याउनु आपराधिक क्रियाकलाप भएकाले यस्ता क्रियाकलाप बन्द गरी संरक्षणमा सहभागी भइदिन’ सबैलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ ।

डढेलो हाकुबेसीको त्रिशूली नदी आसपासबाट सुरु भएको थियो । डढेलोबाट २० देखि २५ हेक्टर जंगल नोक्सान भएको बताइएको छ ।

चराचुरुंगीले फूल पार्ने र बच्चा कोरल्ने बेला भएकाले बढी मात्रामा पक्षी मरेका छन् भने वनस्पतितर्फ स–साना बोट–बिरुवा नोक्सान भएको रेन्जर बस्नेतले बताए । रासस

Skip This