एन्फाको महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनीत • Image Khabar Image Khabar


एन्फाको महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनीत


Imagekhabar
२४ बैशाख २०७५, सोमबार १९:०७

एन्फाको महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनीत

शनिबार निर्वाचित एन्फाको नयाँ कार्यसमितिको सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको पहिलो बैठकले तुलाधर र जोशीलाई मनोनीत गरेको हो ।

बैठकले ‘ए’ डिभिजन लिग गर्न एक समितिसमेत गठन गरेको छ । पूर्वराष्ट्रिय खेलाडी एवं पूर्वएआइजी विज्ञानराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो ।

एन्फाका सोमबारै नवनियुक्त प्रवक्ता किरण राईले नयाँ कार्यसमितिको पहिलो बैठकले विभिन्न १५ बुँदे निर्णय गरेको जानकारी दिए ।

यस्तै, एन्फाको विधानअनुसार मानार्थ अध्यक्षमा तासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राई, मानार्थ उपाध्यक्ष तथा आर्थिक समितिको संयोजकमा शिक्षित पराजुली, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिको संयोजकमा नव्नि पाण्डे र लेखापरीक्षण तथा अनुपालन समितिको संयोजकमा दीपक खातीलाई मनोनीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्