
जनकपुर विमानस्थलमा सोमबार दिउँसो भारतीय सेनाको विशेष विमान अवतरण गरेको हो ।
विमानमा भारतीय सुरक्षा अधिकारीहरु रहेको जनकपुरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ ।
मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मी लिएर एअरफोर्सको विमान नयाँदिल्लीबाट सीधै जनकपुर आएको हो ।
भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट जनकपुर आउने कार्यक्रम रहेको छ ।
यसअघि, मोदीको भ्रमणको तयारीस्वरूप केही दिनपहिले भारतीय हेलिकोप्टर जनकपुरको बाह्रबिघाहमा अवतरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्