
आफ्नै घरको गाह्रो लगाउनेक्रममा लडेर घाइते भएका स्थानीय टुइजन बोखिम (लिम्बू)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि इलाका स्वास्थ्य कार्यालय तेल्लोक लैजानेक्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव इलाका स्वास्थ्य कार्यालयमा राखिएको र पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्