२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नेप्से ८ अंकले ओरालो


0
Shares

नेप्से ८ अंकले ओरालो लागेर १३ सय ४५ मा आएर थामियो । अन्य नगन्य अंकले हरियो रहेबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे ।

बिमा समूह सबैभन्दा उच्च ८१ अंकले झर्‍यो । होटल समूहमा ४० अंक बराबरको गिरावट आयो । लघुवित्त, विकास बैंक र उत्पादनमूलक समूह पनि दोहोरो अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका ११ लाख बराबर कित्ता सेयर साढे ४३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।