
चितवन, बैशाख २५ । चितवनका कृषक प्रकृतिबाट पनि दण्डित भएका छन् ।
पछिल्ला वर्ष व्यवसायिक कृषि खेतीमा लागेका कृषक प्रकृति विपरित भइदिँदा आफूले लगाएका सबै बालीनाली सखाप भएको टुलुटुलु हेर्न बाध्य भएका हुन् ।
यस्तै भएको छ अहिले चितवनका केरा कृषकलाई । भिषण हावाहुरी र असिना पानीले केरा खेती पूर्ण नष्ट बनाएको छ ।
पसाउनेदेखि पाक्ने अवस्थामा पुगेका हजारौं बिगाहमा लगाइएको केरा खेती नष्ट हुँदा करोडौको क्षति पुगेको छ ।
पूर्वी चितवनमा मात्र झण्डै दुई हजार विगाह जमीनमा लगाइएको केरा खेती पूर्ण रुपमा नष्ट भएको हो ।
यसबाट बीस करोडभन्दा बढीको क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । उनका अनुसार पूर्वी चितवनका ९० प्रतिशतभन्दा बढी केरा नष्ट भएको छ ।
सबैभन्दा बढी कालिका नगरपालिकाको पदमपुरमा लगाईएको केरा खेती ध्वस्त भएको छ । त्यहाँ लगाईएको केरा काम नलाग्ने गरी सखाप भएको छ ।
केही समयअघि चितवनमै लागुऔषधको दूव्र्यसनीमा लगेकाहरुले काटेर केराखेती सखाप पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्