१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चार महिलाले शारीरिक शोषणको आरोपपछि न्युयोर्कका महान्यायाधिवक्ताले राजीनामा दिए


0
Shares

काठमाडौं, बैशाख २५ । अमेरिकाको न्युयोर्क राज्यका महान्यायाधिवक्ता एरिक स्केन्डरम्यानले राजीनामा दिएका छन् ।

चार महिलाले शारीरिक शोषणको आरोप लगाएपछि उनले राजीनामा दिएका हुन् । एक स्थानीय पत्रिकालाई अन्तर्वार्ता दिँदै ती महिलाले शोषणको आरोप लगाएका हुन् ।

अन्तर्वार्ता छापिएको चार घन्टाभित्र गभर्नर एन्ड्रु कुओमोले स्केन्डरम्यानको राजीनामा मागेका थिए ।

स्केन्डरम्यानले भने आफूेविरुद्ध षड्यन्त्रपूर्वक गम्भीर आरोप लगाइएको भन्दै खण्डन गरेका छन् ।

दुई महिलाले स्केन्डरम्यानसँगको सम्बन्धमा धेरै पटक उनले शारीरिक शोषण गरेको बताएका थिए । तर कुनै महिलाले पनि प्रहरीसमक्ष उजुरी भने गरेका छैनन् । (एजेन्सी)