२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धर्मगुरु श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलाइयो


0
Shares

मोरङ प्रहरीले श्रीनिवासविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मंगलबार मुद्दा दर्ता गराएको हो ।

त्यस्तै, श्रीनिवासलाई गोली हान्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यानमार्ने उद्योगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुण बीसीले जानकारी दिए ।

चौधरी श्रीनिवासका अंगरक्षक हुन् । श्रीनिवासको निर्देशनमा उनले नै गोली हानेका थिए । अर्का आरोपी अधिकारीले हतियारको व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

आचार्य श्रीनिवासको योजनाअनुसार नै आफूले गोली हानेको चौधरीले प्रहरीसमक्ष बयान दिएका छन् ।