
नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा कार्यक्रम गरी विश्वको जुनसुकै ठाउँमा रहेर पनि सेवा दिने ऐक्यबद्धता जनाएको छ ।
विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस अभियानका संस्थापक हेनरी ड्युनाको जन्मदिन पारेर यो दिवस मनाइने गरिएको छ ।
रेडक्रस सोसाइटीले विपद्का बेला तत्काल उद्धार र राहत, रक्तसन्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवा दिँदै आएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले रेडक्रममा आवद्ध स्वयंसेवीहरुले विपद्का बेला पुर्याएको योगदान स्मरणीय रहेको बताए । आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो ।
नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगमार्फत् सरकारसँग समन्वय गर्दै स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाइटीले सन् २०१८ का लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्